काठमाडौं – नेपालमा सञ्चालित २७ वाणिज्य बैंक मध्ये हालसम्म १५ बैंकले गत आवको मुनाफाबाट लाभांश दिने घोषणा गरेका छन् । त्यस मध्ये एनआइसी एशिया बैंक र सिटीजन्स बैंकले त साधारण सभा गरेर अन्य लाभांश पारित पनि गरिसकेका छन् ।
यसका अलावा अन्य बैंकले भने बार्षिक साधारण सभा गर्न बाँकी छ ।
यस बर्ष बैंकहरुले घोषणा गरेको लाभांशमा बोनस शेयर नै बढी रहेको छ । अधिकांश बैंकले कर प्रयोजनका लागि मात्र नगद लाभांश दिएका छन् ।
एनआइसी एशियाले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यसैगरी सिटीजन्स बैंक इन्टरनेशनलले मंसिर २० गते समपन्न वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
यसका अलावा अन्य बैंकले पनि बोनस शेयर नै बढी प्रस्ताव गरेका छन् । जुन यस प्रकार छः
प्रतिक्रिया