काठमाडौं–संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलबार काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दिए ।
उनका अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाउने छ ।
संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्णयमा पुगिएको श्रेष्ठले बताए ।
प्रतिक्रिया