नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम

५ बर्ष अगाडि

काठमाडौं – नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयरमा आजदेखि बिक्रीमा आएको छ । पुर्व निर्धारित समय अनुसारनै कम्पनीले आज बैंकिङ समयपछि हकप्रद शेयरको बिक्री बन्द गर्न लागेको हो । कम्पनीले मंसिर ४ गतेदेखि उक्त हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । 
कम्पनीका अनुसार कात्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले एक कित्ताा बराबर १ः२५ कित्ता शेयर पाउने छन् । 
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अंकित दरमा १६,९७,५०,६.२५ कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । 
यस हकप्रदको शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यस्तै, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ ।
हाल यस कम्पनीको चुक्तापुँजी रु. १३ करोड ५८ लाख ५०० हजार रहेको छ । हकप्रद बिक्री भएप्छि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख भन्दा बढी पुग्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया