काठमाडौं – बैंक अफ काठमाण्डूको ऋणपत्र आज बुधबारदेखि निष्कासन हुने भएको छ ।
बैंकले मंसिर २४ गतेदेखि १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । एक कित्ता ऋणपत्रको मुल्य रु। १ हजार तोकिएको छ ।
त्ययसमा ६ लाख ४० हजार सर्वसाधारणको लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।
उक्त ऋणपत्रमा भोलिदेखि छिटोमा मंसिर २८ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा भने पुस गतेसम्म आवेदन खुल्ला गरिने बैंकको भनाइ छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
बैंकले १० बर्षका लागि उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । त्यसमा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ । उक्त ऋणपत्रलाई इक्रा नेपालले मध्यम जोखिम जनाउने इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमानै वित्तीय दायित्व पुरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने देखाउँछ ।
प्रतिक्रिया