काठमाडौँ, आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ९ अंकले ओरालो लागेको छ ।
आज ११ बजे २००४३९ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ९.०४ अंकले घटेर १९९५.३५ को बिन्दुमा पुगेको छ । तीन बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ०.४५ प्रतिशतले बढेको हो ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये दुृई उपसमुह भने बढेका छन ।
त्यसैगरी आज कारोबारमा आएका २०२ कम्पनिको १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता शेयर ४८ हजार ८०१ पटक खरिद विक्री हुदाँ ५ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया