काठमाडौं – एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुला मुखी योजना एनआइसी एशिया डाईनामिक डेप्ट फण्ड इकाई बाँडफाँट गरेको छ । आज बहान ९ बजे विक्री प्रबन्धक एनआईसी एसिया क्यापटलको कार्यालय बबरमहलमा इकाईको बाँडफाँड गरिको हो ।
योजनाले मंसिर १२ गतेदेखि ५ करोड इकाई विक्रीमा ल्याएको थियो । जसमध्ये १५ प्रतिशत कोष प्रबद्धक एनआइसी एशिया बैंकको लागि सुरक्षित राखी बाँकी रहेको ४ करोढ २५ लाख इकाई बाँडफाँट गएिको हो ।
यस योजनाको इकाईको लागि ७९ हजार ५१४ आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५७० इकाईको लागि माग परेको थियो । जसमध्ये १०० इकाई देखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुले माग गरे जतिको इकाई पाएका छन् । १० लाख इकाई देखि ४० लाख इकाई माग गर्ने आवेदकहरुले ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँट गरेको छ । बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाई देखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पुन १० कित्ता थप गरी कुल ४ करोड २० लाख इकाई बाँडफाँट गरेको क्यापीटले बताएको छ ।
प्रतिक्रिया