पुस १ देखि ऋणपत्र निष्काशन गर्दै सानिमा बैंक

५ बर्ष अगाडि

सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।  

बैंकले ८.५० प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

उक्त ऋणपत्रको अवधी १० वर्षे हुनेछ ।

उक्त ऋणपत्रमा १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो ।

जस मध्ये १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ। 

ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिने छ । 

उक्त ऋणपत्रमा छिटोमा मङ्सिर ५ गतेसम्म र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने छ ।  


 

५ बर्ष अगाडि

प्रतिक्रिया