नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएको छ ।
सोमबार एक सर्कुलर जारी गर्दै बीमा समितिले उक्त निर्देशन दिएको हो ।
निर्जीवनतर्फ निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ भने पुनर्बीमा तर्फ पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।
उक्त निर्देशिका अनुसार पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।
प्रतिक्रिया