नेप्सेमा हरियाली : झन्डै साढे ७२ अंकको वृद्धि

५ बर्ष अगाडि

काठमाडौँ , आज (सोमबार)  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७२.२८ अंकले बढेको छ । 

आज ११ बजे १९३२.११ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ७२.२८ अंकले बढेर २००४.३९ को बिन्दुमा पुगेको छ । तीन बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ३.७४ प्रतिशतले बढेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुहमा हरियाली  छाएको छ ।

त्यसैगरी आज कारोबारमा आएका २०६ कम्पनिको १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर ६० हजार ५५ पटक खरिद विक्री हुदाँ ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ६ लाख ८६ हजार ८६० कित्ता शेयर ६ हजार ९४० पटक खरिद विक्री हुदाँ १ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया