आई.सि.एफ.सि फाइनान्सको लाभांश घोषणा, कति छ बोनस शेयर ?

५ बर्ष अगाडि

काठमाडौं – आई.सि.एफ.सि फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषण गरेको छ ।  कम्पनीले गत आवको नाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत लाभांश दिने भएको हो । 
आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
कम्पनीले १०.५० प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश दिन लागेको हो । 
यो प्रस्ताव नेपाल राष्ट्र बैंक र बार्षिक साधारण सभाले स्विकृति गरेपछि शेयरधनीले प्राप्त गर्ने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया