काठमाडौंको मुलपानी स्थित एक ‘भिआईपी जुवा अखडमा शुक्रवार राती प्रहरीले छापा मारेर २३ जना जुवाडे पक्राउ गरेको छ ।

७ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा खटिएको सादा पोशाकका प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा झ्यालबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कपन बस्ने सरोज घले र सिन्धुपाल्चोकको सिम्पलकाफ्ले–६ स्थायी घर भएका सोम लाल तामाङ रहेका छन् ।

मुलपानी स्थित तामाङ थरका ब्यक्तिको घरमा लामो समयदेखी ‘भिआईपी जुवा अखडा’ चलिरहेको सुचना पाएपछी राती १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए ।
 प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।
यि हुन पक्राउ पर्नेहरु 
१. दिपक तामाङ,  सिन्धुपाल्चोक 
२. ग्यासन लामा,  सिन्धुपाल्चोक 
३. नेम दोर्जे तामाङ,  सिन्धुपाल्चोक 

४. सुब्बा शेर्पा,   सिन्धुपाल्चोक 
५. विष्णु श्रेष्ठ,  सिन्धुपाल्चोक 
६. पवन रानामगर,  हेटौंडा
७. सर्मिला खड्का,   मकवानपुर 
८. डेण्डु शेर्पा,  दोलखा 
९.लाक्पा शेर्पा,  चावहिल 
१०. उमेश लामा,  सर्लाही 
११. राजकुमार बुढाथोकी,  रामेछाप 
१२. केशर बहादुर गोले,  ललितपुर
१३. श्रीकाजी तामाङ,  सिन्धुपाल्चोक 
१४. रवि थिङ,  सिन्धुपाल्चोक
१५. मंगले तामाङ,  सिन्धुपाल्चोक 
१६. फुर्वा शेर्पा,  सिन्धुपाल्चोक 
१७. कृष्ण वि.क.,  धादिङ
१८. रेशम विश्वकर्मा,   धादिङ 
१९. कृष्ण बहादुर सुनार,  धादिङ 
२०. टेण्डु शेर्पा,  दोलखा
२१. बुद्ध तामाङ,  रामेछाप 
२२. कुवेर सिंह थिङ,  मकवानपुर 
२३. दोर्जे घिसिङ, सिन्धुपाल्चोक
 

७ बर्ष अगाडि

प्रतिक्रिया