रेटिङ कम्पनी इक्रा नेपाल लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको मुनाफाबाट १५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५१.४९ प्रतिशत गरि कुल २०१.४९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २० गते दिउँसो १ बजे डिल्लीबजार स्थिति आफ्नै कार्यालयमा साधारण सभा आह्वान गरेको छ ।
उक्त सभा बाट कम्पनीको बोनस प्रस्ताव पारित हुनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ करोड रहेको छ ।
प्रतिक्रिया