आइतबार थपिए १ हजारभन्दा बढी कोरोना  संक्रमित ,  १७ सय ५२  जना  डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ७ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।

हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन् भने ५ सय ३६ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया