नेपाली शेयर बजारमा नकरात्मक सर्किटः नेप्से परिसुचकमा भारी गिरावट

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय लामो समयसम्म बुलिस ट्रेन्डमा अगाडि बढेको नेपाली शेयरमा आज भने नकरात्मक सर्किट नै लागेको छ । गत हप्ताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार करेक्सन भएको शेयर बजारमा आज भने नकरात्मक सर्किट नै लागेको हो । 
आज २ः१३ बजे नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसचुक ६ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको हो । आज नेप्से १२३.३४ अंकले घटेर १९३२.११ विन्दुम पुगेको छ । 
नेप्सेमा नकरात्मक सर्किट लागेपछि शेयर कारोबार आजको लागि बन्द गरिएको छ ।

हालसम्म नेप्सेमा ७ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज १९७ कम्पनीको शेयर कारोबार भएको छ । आज १ करोड ५४ लाख ९० हजार भन्दा बढी कित्ताको ६१ हजार ६५८ पटक कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया