आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टा सम्म आइपुृग्दा झन्डै ७० अंकले ओरालो लागेको छ ।
आज ११ बजे २०५५.४५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधिसम्म आइपुग्दाँ ६९.६१ अंकले घटेर १९८५.८४ को बिन्दुमा पुगेको छ । एक बजेसम्म आइपुग्दा नेप्से परिसृचक ३.३९ प्रतिशतले घटेको हो ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुहमा राताम्मे छाएको छ ।
त्यसैगरी १ बजेसम्म कारोबारमा आएका १९४ कम्पनिको ९७ लाख ६९ हजार ४८२ कित्ता शेयर ३७ हजार १४३ पटक खरिद विक्री हुदाँ ४ अर्ब ३८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया