काठमाडौं – सिदार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश दिने भएको हो । बैंकले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अब नेपाल राष्ट्र बैंक र बार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया