बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खाा नगरमा रहेको कलस होटलमा गोली चलेको छ ।
मिलनचोक देखि पुर्व तर्फ रहेको उक्त होटलमा गैडाको खाग तस्करीमा संलग्न र प्रहरीबीच पिस्तोल हानाहान भएको हो ।
तस्करहरु होटलमा बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गरेको प्रहरीले बताएको छ । जवाफी फायरीङमा तस्करीमा सम्लग्न एकजना घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।
घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनलाई चिउडोमा गोली लागेको छ । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया