काठमाडौं – सरकार अर्थात् नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य लिएपनि त्यो अझै पुरा हुन सकेको छैन । राष्ट्र बैंकले २०७५ असार भित्र नै सबै स्थानीय तहमा शाखा विस्तार गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, ७७ असार वितिसक्दा पनि त्यो अझै पुरा भएको छैन ।
यसका लागि राष्ट्र बैंकले बैंकहरुलाई स्थानीय तह नै तोकर निर्देशन दिएको थियो । तर, प्राविधिक र भौगोलिक विकटताका लागि अझै ५ स्थानीय शाखामा त्यो पुरा भएको छैन ।
राष्ट्र बैंकअनुसार हालसम्म ७४८ स्थानीय तहमा मात्र बैंक शाखा पुगेको छ । शाखा नपुग्नेमा ताप्लेजुङको मिम्वाखोला गाउँपालिका रहेको छ । यस्तै, धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिका रहेका छन् ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ असोज मसान्तमा १४६ कायम भएको छ यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा भने ९७६५ रहेकोमा २०७७ असोज मसान्तमा ९९०३ पुगेको छ ।
प्रतिक्रिया