प्रधानमन्त्री ओलीको व्यङ्गः स्थायी कमिटी बैठक रतौली खेल्न होर ?

५ बर्ष अगाडि

काठमाडौं – नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थायी कमीटी बैठक रतौली खेल्नलाई होर भन्दै व्यंग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो सम्पन्न नेकपाको सचिवालय बैठकमा यस्तो बताएका छन् । 
स्थायी कमिटीको बैठकलाई विरोध जनाउदैं उनले यस्तो बताएका हुन् । समग्रमा स्थायी कमिटी बैठकको कुनै औचित्य नभएको ओलीको भनाइ छ । 
नेकपा सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । आइतबार १ बजे धुम्बाराही स्थित पार्टी कार्यलयमा स्थायी कमिटीको बैठक गर्ने निर्णय भएको हो । उक्त बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने छन् । 
यस्तै, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्ने अडान पनि सचिवालयमा राखेका छन् । साथै, उनले अरुलाई जे गर्न मन लाग्छ, त्यही गर्नु भन्दै अडान देखाएको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया