आफ्नो प्रेस सल्लाहकार हटाउन ओलीलाई वामदेवको चेतावनी

५ बर्ष अगाडि

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग गरेका छन् ।

उपाध्यक्ष  गौतमले थापाले पार्टीको हित विपरित काम गरेको भन्दै थापालाई प्रेस सल्लाहकारबाट हटाउन आग्रह गरेका हुन ।

त्यस्तै, आज बसेको सचिवालय बैठकमा प्रम ओलीले अध्यक्ष र प्रधानमन्त्री नजछाड्ने बताएका छन् ।

साथैै, उनले स्थायी कमिटीको पनि कुनै काम नरहेको बताएका छन् ।

शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए । 

नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया