३१ प्रतिशतले बढ्यो सुनको आयात, ४ महिनामा कति सुन भित्रियो ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो चौमासमा सुनको आयात ३१.२ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धक केन्द्रको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो । 
तथ्यांकअनुसार समिक्षा अवधीमा ३ अर्ब ६८ करोड रुपैयाँको सुन आयात भएको छ । गत आवको सोही अवधीमा भने रु. २ अर्ब ८० करोडको सुन आयात भएको केन्द्रको भनाइ छ ।
गत आवमा भने १३ अर्ब ६३ करोडको सुन आयात भएको थियो । 
यद्यपि, समिक्षा अवधीमा आयात भएको सुन गत आवको तुलनामा बढेपनि समग्रमा भने कमी नै हो । बिशेषगरि सुनको मुल्य बढ्दा गत आवदेखि नै नेपालमा सुन आयात अत्यन्त न्यून रहेको छ । 
नेपालमा मासिक ३ अर्ब भन्दा बढी सुन आयात हुने गर्छन । तर, अहिले ४ महिनामा मात्र ३ अर्ब भन्दा बढीको सुन आयात भएको छ ।
अमेरिका र चीन बीचको व्यापार युद्धका कारण गत आवमा सुनको मुल्य बढेको थियो । यसैगरि अहिले पनि कोरोनाको प्रभावले यसको मुल्य बढेको छ । यसरी मुल्य बढ्दा नेपाली बजारमा कारोबार नभएपछि आयात पनि घटाइएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया