सोमबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम झन्डै ९ अर्ब

५ बर्ष अगाडि

काठमाडौ । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको  छ । 

आज ११ बजे १९६८.२७ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ २८.७९ अंकले बढेर १९९७.०५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ १.४६ प्रतिशतले बढेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह भने घटेका छन ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९८ कम्पनिको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर ८३ हजार ५६७ पटक खरिद विक्री हुदाँ ८ अर्ब ८६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया