बुधबार बाँडफाँड हुदैँ माउन्टेन इनर्जीको आइपीओ

५ बर्ष अगाडि

माउन्टेन इनर्जी कम्पनीको आइपीआ आगामी बुधबार बाँडफाँड हुने भएको छ। 

यस अघि कम्पनीले बिक्रीमा ल्याएको आइपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले हिजो प्रि अलटेमन्ट गरी बुधबार आइपीओ बाँडफाँड गर्ने जनाएको हो ।

कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आईपीओमा  १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन मागभन्दा ७.६१ गुणा धेरै हो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया