साताको पहिलो दिन ७५ अंकले बढ्यो नेप्से, कारोबार रकम झन्डै साढे ९ अर्ब

५ बर्ष अगाडि

काठमाडौ । आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७५अंकले बढेको  छ । 

आज ११ बजे १८९३.२५ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ७५.०२ अंकले बढेर १९६८.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ३.९६ प्रतिशतले बढेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह भने बढेका छन ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका २०० कम्पनिको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर ८० हजार २७१ पटक खरिद विक्री हुदाँ ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया