के का लागि हुँदैछ भारत र चीनको नेपाल आउने प्रतिस्पर्धा : श्रृंगला फर्केलगत्तै चिनियाँ रक्षामन्त्री आउने

५ बर्ष अगाडि

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही नेपाल आउने भएका छन् ।

रक्षामन्त्री वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गरेर उनी आइतबार नै चीन फर्कने कार्यक्रम छ ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया