शुक्रबार थपिए १७०३ जना कोरोना संक्रमित, १२ सयभन्दा बढी डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ हजार २ सय ३६  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया