काठमाडौंमा ‘दोस्रो अन्तराष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ सुरु भएको छ ।
प्लाष्टिक तथा पलाष्टिकजन्य बस्तुहरुको विस्तृत जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डलमा सो प्रर्दशनी शुक्रबारबाट सूरु भएको हो । प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तुहरुको विस्तृत जानकारी गराउन दोस्रो पटक पनि सो प्रर्दशनी आयोजना गरिएको आयोजक समितिका संयोजक विवेक तातेडले जानकारी दिनु भयो । प्लाष्ट नेपाल फाउन्डेशनले आयोजना गरेको प्रर्दशनी ३ दिनसम्म चल्नेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्नु भएको प्रर्दशनीमा प्लाष्टिक तथा पलाष्टिकजन्य विभिन्न सामग्रीहरुको प्रर्दशन गरिएको छ । १ सय २० वटा स्टल रहेको प्रर्दशनीमा भारतका प्लाष्टिक कम्पनीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।
प्रतिक्रिया