साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि ,कारोबार रकम साढे ७ अर्बभन्दा बढी

५ बर्ष अगाडि

काठमाडौं,नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन  दोहोरो अंकले बढेको छ ।  

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १८.४३ विन्दुले वृद्धि भई  १८९३.२४ मा पुगेको छ ।

यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ उपसमुह भने ओरालो लागेका छन । 

यस्तै आज कारोबारमा आएका कूल २०१ कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख  ३० हजार ९१ बराबरको  कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया