माधव समूहकाे असन्तुष्टि कायमै, तर अघि बढ्याे प्रक्रिया

७ बर्ष अगाडि

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । 
एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको छ ।
गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । 

प्रदेश ५ मा पनि जिल्ला समितिको एकीकरण गरेर दशैंअघि नै केन्द्रलाई सिफारिश गर्ने तयारी भइरहेको छ । गाेरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया