काठमाडौं –नेपाली कांग्रेसभित्र विधान संशोधनमार्फत एकातिर पार्टी सभापतिलाई बलियो बनाउने र अर्कातर्फ हाल भएको अधिकारसमेत घटाउने बहस चल्दै छ ।
यो बहसमा संस्थापन पक्ष सभापतिको हालको अधिकारलाई बढाउने पक्षमा छ भने संस्थापनइतर पक्ष भएको अधिकारसमेत घटाउने पक्षमा छ । त्यसका लागि नेताहरू आफूइतरका नेतासँग छलफल र विभिन्न कार्यक्रममार्फत आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल आरआर क्याम्पसले बिहीबार गरेको कार्यक्रममा महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालाले सभापतिलाई अधिकार थपेर निरंकुश बनाउन नसकिने भन्दै सोबारे स्पष्ट धारणा राखे ।
महामन्त्री डा. कोइरालाले भने, ‘केन्द्रीकृत शासनको खोल फालेर अघि बढ्नुपर्ने बेला पार्टीको विधान बन्दै छ, ऐतिहासिक दस्तावेज परिवर्तन गर्ने बेला अत्यन्तै संवेदनशील भएर विधान बनाउनुपर्छ, विधान हरेक कार्यकर्तालाई एकताबद्ध गर्ने बन्नुपर्छ, तिक्तता ल्याउने होइन ।’
कोइराला परिवारकै अर्का नेता डा. शेखरले भने पार्टी सभापतिलाई हाल भएकै अधिकार पर्याप्त रहेको भन्दै थप अधिकार दिन नहुने बताए । अाजकाे राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।
प्रतिक्रिया