एशियन लाइफको साधारण सभा पुस ४ गते, कहिले हुदैंछ बुकक्लोज

५ बर्ष अगाडि

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं बार्षिक साधारणसभा आगामी पुस ४ गते हुने भएको छ । कम्पनीको सञ्चालक समितिको हिजो सम्पन्न बैठकले बिरगंजको होटल पुजनमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यो अनुसार मंसिर १८ गतेसम्म कायम शेयरधनी मात्र उक्त साधारण सभामा सहभागी हुन पाउने छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ भन्दा बढी छ । तर, कम्पनीले आव २०७५÷७६  मुनाफा लाभांश भने नदिने बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया