काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सारथी नेपाल लघुवित्त वित्तिय संस्थाले रु. ६७ लाख ४८ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा रुपमा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ५५ लाख ३६ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ६० करोड १५ लाख ५४ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. २ अर्ब ६९ करोड १४ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ९ करोड १९ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ४ करोड ७० लाख ७५ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ११ करोड ५ लाख जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ११.४८ रुपैयाँ रहेका छ । यस्तै, प्रतिशेयर नेटवर्थ रु. १४६.९५, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १२४४.३१, तरलता अनुपात ५.१७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया