नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको उक्त सभा हिजो (बुधबार) बसेको थियो ।
अब साधारणसभाले पारित गरेसँगै बैंकको आइपिओ निष्कासन गर्न बाटो खुलेको हो ।
देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया