बुधबार थपिए १४ सय ४२ जना कोरोना संक्रमित , १२ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं ,नेपालमा विगत २४ घण्टामा १,४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ६,७३१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया