साताको चौथो दिन दोहोरो अङ्कले बढ्यो नेप्से ,कारोबार रकम करिब ५ अर्ब

५ बर्ष अगाडि

काठमाडौं,नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा २३.३२ विन्दुले वृद्धि भई  १७४१.८१ मा पुगेको छ । 

यस्तै, सेन्सेटिभ परिसूचक भने ०.८० अंकले ओरालो लागेर ३३८.०९ मा पुगेको हो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ उपसमूहको शेयर उकालो लाग्दा ३ उपसमूहको शेयर भने ओरालो लागेको छ । ओरालो लाग्नेमा बैंकिङ १.२८ , विकास बैंक उपसमूह २०.६ र जलविद्युत् १८.६१ विन्दुले ओरालो लागेका छन । 

यस्तै कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९  बराबरको  कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया