तिहारपछिको शेयर बजारः २ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट, ३ कम्पनीको पनि सोही लेभलमा कारोबार

५ बर्ष अगाडि

काठमाडौं – तिहारपछि बुधबारदेखि खुलेको शेयर कारोबार (नेपाल स्टक एक्सचेन्ज (नेप्से)) मा आज दुई कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार आज हिमालयन डिस्टीलरी र गुराँस फाइनान्सको शेयर मुल्य १० प्रतिशतले बढेको हो । 
आज गुराँस फाइनान्सको शेयर मुल्य १७० बाट बढेर १८७ रुपैयाँ पुगेको छ । यस्तै, हिमालय डिस्टीलरीको शेयर मुल्य २४२० रुपैयाँबाट बढेर २६६२ रुपैयाँ पुगेको छ । 
नेप्सेको मार्केट डेप्थअनुसार उक्त दुवै कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्न कोही आएका छैनन् । 
यस्तै, यी बाहेक अन्य ३ कम्पनीको शेयर कारोबार सकरात्मक  सर्किट लेभलमा भएको छ । आज बिशाल बजार कम्पनीको ९.९९, बोटलर्स नेपाल (तराई) को ९.९९ र साल्ट ट्रेडिङ कम्पनीको ९.८८ प्रतिशतले शेयर मुल्य बढेको छ । मार्केट डेप्थअनुसार यी ३ कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया