काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु. १२ करोड १ लाख खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा आधा कम हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २४ करोड ६३ लाख खुद नाफा कमाएको थियो । कोरोना भाइरसको महामारीका कारण व्यवसाय प्रभावित हुदाँ कम्पनीको नाफा घट्न गएको हो ।
यस्तै, कम्पनीको आम्दानीमा पनि गिरावट देखिएको छ । गत आवका समिक्षा अवधीमा कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो । तर, चालु आवको पहिलो त्रैमासमा त्यो भन्दा कम अर्थात् १ अर्ब २४ करोड रुपैयाँ आम्दानी भएको वित्तिय विवरणमा उल्लेख छ ।
हाल कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अर्निङ भने २ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
प्रतिक्रिया