नेपालमा विगत २४ घण्टामा ५०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा देशभरि ३,११२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ११ हजार नाघेको छ। अहिले पुष्टि भएका ३०,९८६ जना सक्रिय सङ्क्रमित छन्।
मङ्गलवारसम्म नेपालमा १,२४७ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा थप २,८७८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल १७९,२४२ जना निको भएको सरकारी तथ्याङ्क छ।
चाडपर्वका बेला कम सङ्ख्यामा परीक्षणहरू भएका थिए। आइतवार १,४७७ र सोमवार १,१९७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया