काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैदेशिक सहायता प्रतिवद्धता ४४४.८ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको असोजसम्मको एक प्रतिवेदनले यस्तो देखाएको हो ।
गत आवको पहिलो त्रैमासमा बैदेशिक सहायता प्रतिवद्धता १५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । तर, चाल आवमा भने त्यो भन्दा बढी अर्थात् ८५ अर्ब ४० करोड रुपैयाँको यस्तो प्रतिवद्धता रहेको छ ।
उक्त प्रतिवद्धता मध्ये अनुदान सहायता रु. ७ अर्ब ९८ करोड र ऋण सहायता ७७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।
कुल बैदेशिक सहायता प्रतिवद्धतामा सडक तथा सुशासन क्षेत्रमा ६३ प्रतिशत, उर्जा क्षेत्रमा ३३ प्रतिशत, शिक्षा क्षेत्रमा २ प्रतिशत र पुनर्निर्माणमा र कोभिड १९ नियन्त्रण र रोकथाममा क्षेत्रमा १÷१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया