काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा राजश्व संकलन लक्ष्य भन्दा कम देखिएको छ । अर्थ मन्त्रायले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक विवरणले यस्तो देखाएको हो ।
पहिलो त्रैमासमा लक्ष्यको तुलनामा ९८.७८ प्रतिशत राजश्व संकलन भएको मन्त्रालयको भनाइ छ । । सरकारले पहिलो त्रैमासमा १ खर्ब ९७ अर्ब ३४ करोड रुपैयाँ राजश्व संलन गर्ने लक्ष्य लिएको थियो । तर, असोजसम्म रु. १ खर्ब ९४ अर्ब ९२ करोड राजश्व संकलन भएको छ ।
उक्त राजश्व संकलन पनि गत आवको सोही अवधीको तुलनामा ३.०९ प्रतिशतले कम हो । गत आवको सो अवधीमा रु. २ खर्ब १ अर्ब १४ करोड राजश्व संकलन भएको थियो । समिक्षा अवधीमा गत आवको सोही अवधीको तुलनामा आयकर बाहेक अन्य सबै शिर्षकमा भएको कर असुलीमा कमी आएको छ ।
यस्तो छ, ३ महिनाको कर संकलनको अवस्था
प्रतिक्रिया