सरकारको कुल खर्च बढ्यो, तर पुँजीगत खर्चमा भने ह्रास

५ बर्ष अगाडि

काठमाडौं –  चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात् साउनदेखि असोजसम्म संघीय सरकारको कुल खर्च १३ प्रतिशतले बढेको छ । अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक तथ्यांकले यस्तो देखाएको हो । 
गत आवको पहिलो त्रैमासमा संघीय सरकारले  रु. १ खर्ब ७८ अर्ब १ करोड खर्च गरेको थियो । चालु आवमा त्यो भन्दा बढी अर्थात् २ खर्ब १ अर्ब ८ करोड खर्च भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । 
सरकारको कुल खर्च बढेपछि पनि पुँजीगत खर्च भने घटेको छ । पुँजीगत खर्च अन्तरगत गत आवको समिक्षा अवधीमा १८ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो । चालु आवमा त्यो भन्दा पनि कम अर्थात् १५ अर्ब ५ करोड रुपैयाँ मात्र खर्च भएको छ । त्यो अनुसार पुँजीगत खर्च १८.१ प्रतिशतले घटेको देखिन्छ । बिशेषगरि कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पुँजीगत खर्चमा सुधार नआएको अर्थमन्त्रालयको भनाइ छ ।   
तथ्यांकअनुसार सरकारको चालु र वित्तिय व्यवस्था खर्च नै बढेको देखिन्छ ।चालु खर्च १६.५ र वित्तिय व्यवस्था खर्च १८.४ प्रतिशतले बढेको छ । 
गत आवको समिक्षा अवधीमा १ खर्ब ७४ अर्ब ७६ करोड रहेको चालु खर्च अहिले १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । 
यस्तै, गत आवमा २ अर्ब ८८ करोड रुपैयाँ रहेको वित्तिय व्यवस्था खर्च ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया