शनिबार थपिए १९ सयभन्दा बढी कोरोना सङ्क्रमित, थप १३ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १,९४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख आठ हजार नाघेको छ।

अहिले पुष्टि भएका ३६,४५२ जना सक्रिय सङ्क्रमित छन्। शनिवारसम्म नेपालमा १,२१५ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,५०३ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल १७०,६३२ जना निको भएको सरकारी तथ्याङ्क छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया