अन्य बैंकको तुलनामा नविल बैंकको वित्तिय विवरण बलियो, महामारीमा पनि अर्ब भन्दा बढी मुनाफा

५ बर्ष अगाडि

काठमाडौं – नविल बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. १ अर्ब ३ करोड ५७ लाख १२ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
अहिले कोरोनाको महामारीका बीच पनि बैंकले अन्य बैंकहरुको तुलनामा बढी नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा पनि कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १२ करोड ३५ लाख ८७ हजार खुद नाफा कमाएका थियो । बैंकको वितरण योग्यनाफा भने रु. १ अर्ब २० करोड ८८ लाख ७ हजार रहेको छ। 
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. १ खर्ब ९६ अर्ब १५ करोड १८ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. १ खर्ब ५७ अर्ब  १९ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि ९ अर्ब ६९ करोड २५ लाख रुपैयाँ कर्जा दिएको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. ४ अर्ब २६ करोड ६६ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने १ अर्ब ९१ करोड ६ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी १० अर्ब ९ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने १२ अर्ब ६१ करोड भन्दा बढी रकम जम्मा गरेको छ । 
अहिले कोरोना भाइरसको महामारीका कारण अधिकांश बाणिज्य बैंकको नाफामा भारी गिरावट आएको छ । अधिकांश बैंकको वितरण योग्य नाफा पनि ऋणात्मक रहेको छ । त्यस्ता बैंकको तुलनामा नविल बैंककले समिक्षा अवधीमा व्यवसायीक गवितिधिलाई राम्रोसँग व्यवस्थापन गरेको देखिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया