सानिमा बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा सवा १० करोडले ऋणात्मक

५ बर्ष अगाडि

काठमाडौं – सानिमा बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. ३७ करोड ३२ लाख ५५ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा पनि कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ५९ करोड ३६ लाख १ हजार खुद नाफा कमाएका थियो । यस्तै, बैंकको वितरण योग्य नाफा पनि १० करोड २३  लाख ४ हजार रुपैयाँले ऋणात्मक भएको छ । 
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. १ खर्ब ८ अर्ब २५ करोड ९५ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले ९५ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि २ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ कर्जा दिएको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. २ अर्ब ६६ करोड ६ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ९७ करोड ६६  लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी ८ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने ३ अर्ब २९ करोड भन्दा बढी रकम जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी १६.६४ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात २०.७३, प्रति शेयर नेटवर्थ १४९.९१ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १४९४.१८ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया