बैंक अफ काठमाण्डौको नाफामा गिरावट, वितरण योग्य नाफा त ऋणात्मक नै

५ बर्ष अगाडि

काठमाडौं – बैंक अफ काठमाण्डौले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. २४ करोड १४ लाख ६ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा पनि कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ३८ करोड ३७ लाख २५ हजार खुद नाफा कमाएका थियो । यस्ते, बैंकको वितरण योग्य नाफा पनि १२ करोड ६०  लाख ५६ हजार रुपैयाँ ऋणात्मक भएको छ । 
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. ९३ अर्ब ३८ करोड ८७ लाख १८ हजार निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले ७७ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि ४ अर्ब ४३ करोड २४ लाख रुपैयाँ कर्जा दिएको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. २ अर्ब १९ करोड १३ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ७६ करोड ९९ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी ८ अर्ब ५४ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने ८ अर्ब ५१ करोड जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी ११.३० रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात २४.१६, प्रति शेयर नेटवर्थ १७२.९२ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १३२२.७५ रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया