प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रू. ५ करोड ६३ लाख ६२ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ४ करोड १० लाख ३८ हजार खुद नाफा कमाएको थियो । बीमांकीय मुल्यांकन पछि कम्पनीको नाफा थप बढ्ने छ ।  
यस्तै, समिक्षा अवधीमा कम्पनीको बीमाशुल्क संकलन पनि बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस त्रैमासमा कम्पनीले ३६ करोड ३ लाख ४४ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ५ करोड ६२ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २३ करोड ५४ लाख ८ लाख जम्मा गरेको छ । यसैगरि बीमाकोषमा रु. ७० करोड ५७ लाख ६० हजार जम्मा गरेको वित्तिय विवरणमा उल्लेख छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ११०, प्रतिशेयर नेटवर्थ १९८, प्रतिशेयर कुल सम्पत्तिको मुल्य २८० र तरलता अनुपात २.८८ रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया