पछिल्लो २४ घण्टामा थपिए २१ सय ११ कोरोना सङ्क्रमित ,थप १३ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं ,नेपालभरि पछिल्लो २४ घण्टामा  थप २,१११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख छ हजार नाघेको छ।

अहिलेसम्म नेपालमा १,२०२ सङ्क्रमितको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले थप ३,५३७ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा अहिले पुष्टि भएका ३७,०२२ जना सक्रिय सङ्क्रमित छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया