सनराइज बैंकको नाफा पनि घट्यो, वितरणयोग्य नाफा २४ करोडले ऋणात्मक

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सनराइज बैंकले रु. ३८ करोड २९ लाख ७७ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा पनि कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४५ करोड ४३ लाख ६७ हजार खुद नाफा कमाएका थियो । तर, बैंकको वितरण योग्य नाफा भने २४ करोड ९६ लाख ५० हजार रुपैयाँले घाटामा रहेको छ । 
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. ९१ अर्ब ५५ करोड ३१ लाख  निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने बैंकले ८४ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि २ अब ४७ करोड ३० लाख रुपैयाँ कर्जा दिएको छ । 
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. २ अर्ब ३७ करोड ९५ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ९२ करोड ७९ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी ९ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने ३ अर्ब ६९ करोड जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी १७.०८ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात १४.११, प्रति शेयर नेटवर्थ १५३.९२ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १३३९.८८ रहेको छ । बैंकको तरलता अनुपात भने २५.४९ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया