काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको नाफामा पनि भारी गिरावट आएको छ । समिक्षा अवधीमा बैंकले रु. ३६ करोड ५९ लाख १४ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा पनि कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ६९ करोड ४२ लाख २२ हजार खुद नाफा कमाएका थियो । तर, बैंकको वितरण योग्य नाफा भन६२ लाख ६२ हजार रुपैयाँ मात्र रहेको छ ।
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. १ खर्ब २८ अर्ब ८२ करोड ६९ लाख निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने बैंकले ९९ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि ५ अब २ करोड ९३ लाख रुपैयाँ कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. २ अर्ब ७७ करोड १८ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ९३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ९ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने ६ अर्ब ७ करोड जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी १५.६२ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात ३५.९२, प्रति शेयर नेटवर्थ १९१.५९ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १७२०.७९ रहेको छ । बैंकको तरलता अनुपात भने ३५.०१ रहेको छ ।
प्रतिक्रिया