काठमाडौं – नेपाल एसबीआई बैंकले चालु आर्थिक बर्ष पहिलो त्रैमासमा रु. २० करोड ५ लाख २ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा पनि कम हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४३ करोड ७२ लाख ३० हजार खुद नाफा कमाएका थियो । तर, बैंकको वितरण योग्य नाफा भने २ करोड ५८ लाख ३० हजार रुपैयाँ मात्र रहेको छ ।
यस्तै, समिक्षा अवधीसम्म बैंकले रू. १ खर्ब १२ अर्ब ३६ करोड १८ लाख ४७ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने बैंकले ८६ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थालाई पनि ५ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कर्जा दिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रू. २ अर्ब ४५ करोड ६२ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ५९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ८ अर्ब ९५ करोड रुपैयाँ भन्दा बढी छ । बैंकले आफ्नो जगेडामा भने ४ अर्ब ५८ करोड जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दनी ८.९५ रुपैयाँ रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात ४६.१२, प्रति शेयर नेटवर्थ १६७.२७ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १५२८.४२ रहेको छ ।
प्रतिक्रिया